संखुवासभाको चैनपुरमा करेन्ट लागेर सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको मृत्यु भएको छ। करेन्ट लागेर चैनपुर नगरपालिका–४ मा रहेको ६ मेगावटको सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुर काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–१ का २९ वर्षीय क्रान्ति तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक नरेश लिम्बुले जानकारी दिए। सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको उपचारका क्रममा मृत्यु भएको हो।
शनिवार दिउँसो १ बजे सुपर हेवा हाइड्रोपावर स्थलमा विद्युत पोल आसपासको रुखको हाँगा हटाउने क्रममा करेन्ट लागेर तामाङ गम्भीर घाइते भएका थिए। गम्भीर घाइते तामाङको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताए। सुपर हेवा हाइड्रोपावरका ७ कर्मचारी मध्ये उनी सिनियर कर्मचारी हुन्।
विद्युत पोल आसपासका रुख हटाउने क्रममा तामाङलाई अचानक करेन्ट लागेको सुपर हेवा हाइड्रोपावरका प्रबन्ध सञ्चालक निमा लामाले जानकारी दिए। मृतकको शव अहिले प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
0 comments:
Post a Comment