चट्याङ लागेर एक महिलाको मृत्यु


सिरहा, भदौ २१ – सिरहामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

सिरहा नगरपालिका–१९, जोगिया टोलकी ५० वर्षीया सुलेना देवी खत्बे मण्डलको आइतबार दिउँसो आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment