२३ भदौ, काठमाडौं । नयाँ बानेश्वरमा जेनजीहरूले गरेको प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले भीड नियन्त्रणका लागि रबरको गोली चलाएको छ।
प्रदर्शनकारीहरूले संसद् भवनभित्रै प्रवेश गरेपछि प्रशासनले तत्काल प्रभावले कर्फ्यू आदेश जारी गरेको हो। घटनापछि नयाँ बानेश्वर र आसपासको क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ।
प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन प्रयासरत रहेको बताइएको छ भने प्रदर्शनकारीहरू अझै सडकमा उत्रिरहेका छन्।

0 comments:
Post a Comment