२३ भदौ, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा थप एक प्रदर्शनकारीको मृत्यु भएको छ।
केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण प्रसाद दाहालका अनुसार उपचारका क्रममा एक जनाको मृत्यु भएको हो। यससँगै जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
त्यसैगरी, करिब २० जना गम्भीर घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको दाहालले जानकारी दिए।
यसअघि सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भइसकेको थियो।
0 comments:
Post a Comment