झापा, नेपालबाट वंगलादेश निर्यात हुँदै आएको अम्रिसोको कुचो निर्यातमा रोक लागेको छ ।
वंगलादेश भन्सारले कुचो निर्यातमा रोक लगाएको हो ।
नेपालबाट कुचो लिएर वंगलादेश गएका १० वटा ट्रक बंगलादेशस्थित बंगलाबन्ध नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयले रोकेको हो ।
नेपालबाट भित्रिएको कुचोले प्लानक्वारेन्टाइनका सर्त र मापदण्ड पूरा नगरेको भन्दै क्वारेन्टाइनमा नै गाडी रोकेको नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले बताए ।
0 comments:
Post a Comment