आठ हजार गाँजाका बोट तथा बेर्ना नष्ट

भोजपुर, २०८२ भदौ १९ गते । 


भोजपुरका विभिन्न स्थानमा प्राकृतिक रूपमा आफैं उम्रिएका लागूऔषध गाँजाका करिब आठ हजार बोट तथा बेर्ना प्रहरीले फडानी गरी नष्ट गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत डाँडापाखामा अवैध रूपमा लगाइएका तथा आफैं उम्रिएका गाँजाका बोट नष्ट गर्ने क्रममा यो साता प्रहरी टोली खटिएको हो। इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएका टोलीहरूले फडानी कार्य सम्पन्न गरेका हुन्।

हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाका विभिन्न वडामा करिब ४३ रोपनी क्षेत्रफलमा फैलिएका चार हजार दुई सय गाँजाका बोट र तीन हजार आठ सय गाँजाका बेर्ना नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रहरीका अनुसार डाँडापाखामा उम्रिएका गाँजाका बोट तथा बेर्नालाई निरन्तर रूपमा फडानी गरी नष्ट गर्ने अभियान अघि बढाइनेछ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment