बिर्तामोडमा प्रहरीेले गोली चलायो, प्रदर्शनकारीले गरे नगरपालिकाको गेटमा आगजनी

२०८२ भाद्र २३ गते , सोमबार


झापाको बिर्तामोडमा प्रहरीेले गोली चलाएको छ । जेनजी प्रदर्शनकारीहरुले आन्दोलन उग्र बनेपछि प्रहरीले हवाई फायरसहित अश्रुग्याँस प्रहार गरेका छन् । प्रदर्शनकारीहरुले आज दिउँसो ४ बजेको समयमा बिर्तामोड नगरपालिकामा तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरी नगरपालिकाकाभित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झडप भएको थियो । झडपमा परी केही घाइते भएका छन् । प्रदर्शनकारीहरुले ढुंगामुडा प्रहार गर्दै गेटमा समेत आगजनी गरेको जनाइएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment