पाँचथरको तमोर करिडोरमा पिकअप दुर्घटना : ५ जनाको मृत्यु, ७ घाइते

२०८२ आश्विन १८ गते , शनिबार


पाँचथरको कुम्यायक गाउँपालिका–३ कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। 

कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पाँचथरबाट धरानतर्फ यात्रु बोकेर गइरहेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी शनिबार दिउँसो तमोर नदी किनारमा करिब ४०० मिटर तल खसेको हो । पाँच जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । मृतकहरूको पहिचान अहिलेसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म सात जना घाइतेलाई उद्धार गरिएको छ । उनीहरूमध्ये छ जना घाइतेलाई एम्बुलेन्समार्फत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा अस्पताल) लगिएको छ भने एक जनालाई फिदिम अस्पताल, पाँचथर पठाइएको छ ।

घटनास्थल पहाडी बाटोको मोड र भिरालो क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको प्रहरी स्रोतले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानमा सडक साँघुरो र ओरालो भागमा नियन्त्रण गुम्दा गाडी खसेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment