पाँचथरमा पिकअप दुर्घटनामा एकजनाको मृत्यु


पाँचथर । तामोर करिडोर अन्तर्गत हिलिहाङ गाउँपालिका–७ आम्बेजानीमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा २ च १६६१ नम्बरको पिकअप दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको र मृतकको पहिचान हालसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली पुगेको र प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

हिलिहाङ गाउँपालिकाका कार्यपालिका सदस्य विरेन्द्र मगरले घटनाको पुष्टि गर्दै स्थानीय प्रशासन र प्रहरीले विस्तृत विवरण संकलन गर्दै आवश्यक कानूनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment