रामेछापको मन्थलीबाट काँकरभिट्टा तर्फ आउँदै गरेको बस दुर्घटनामा परी १९ यात्रु घाइते (घाइतेकाे नामावली सहित)

कार्तिक ११, २०८२


झापा । पूर्ब पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षीमा आज विहान भएको बस दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।
जिल्ल प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार शिवसताक्षी नगरपालिका १० माईधार चौकस्थित पूर्व–पश्चिम सडक खण्डमा रामेछापको मन्थलीबाट काँकरभिट्टा तर्फ आउँदै गरेको प्र.१–०१–००१ क ४२०९ नं.को रात्रि बस अनियन्त्रित भई दुर्घटनामा परेको हो । 
बस सडकबाट अन्दाजी १० मिटर तल बायाँ तर्फ पल्टिदा बसमा सवार २५ जना यात्रु मध्ये १९ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल पठाइएको र बसमा सवार अन्य ६ जना सामान्य रहेकाले घर तर्फ गएको प्रहरीले जनाएको छ ।

बस सडकबाट अन्दाजी १० मिटर तल बायाँ तर्फ पल्टिदा बसमा सवार २५ जना यात्रु मध्ये १९ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल पठाइएको र बसमा सवार अन्य ६ जना सामान्य रहेकाले घर तर्फ गएको प्रहरीले जनाएको छ ।
घाईतेहरु –
१. बस चालक जिल्ला झापा मेचिनगर न.पा.६ बस्ने बर्ष-३९ को राजु भुजेल टाउकोमा चोट अवस्था मध्यम।
२. जिल्ला रामेछाप मन्थलि न.प. १० बस्ने बर्ष- ६५ अम्बर बहादुर बुढाथोकी घाँटि र ढाडमा चोट अवस्था मघ्यम
३. झि. झापा झापा गा.पा.३ बस्ने बर्ष १७ की इक्षा लिम्बु निधार हात र खट्टामा चोट अवस्था मघ्यम ।
४. जि.रामेछाप मन्थलि न.पा.९ बस्ने बर्ष३५ को भिम प्रसाद पुरी बाया करङमा चोट अवस्था मघ्यम
५. जिल्ला झापा कचनकवल गा.पा.४ बस्ने बर्ष २० को रबिलाल गनेस टाउकोमा चोट अवस्था मध्यम
६. जि.रामेछाप ठाडादेवि गा.पा. ३ बस्ने बर्ष ६५ की मिटु खत्री ढाडमा चोट अवस्था मध्यम ।
७. जि. झापा कचनकवल गा.पा. ४ बस्ने बर्ष २१की परिना गनेस टाउको र ढाडमा चोट अवस्था मध्यम
८. जि.झापा बिर्तमोड न.पा.१० बस्ने बर्ष३६ की सिमित्रा खड्का कार्की हात र खुट्टामा चोट सामान्य
९. निजको छोरा बर्ष ९ को एलोन कार्कि टाउको र छातिमा चोट अवस्था मध्यम।
१०. जि.दोलाखा बैनेश्वर न.पा.३ बस्ने बर्ष ३० को प्रदिप बहादुर बस्नेत टाउकोमा चोट अवस्था मध्यम
११. जि. रामेछाप देउराली बस्ने रामु श्रेष्ठक छोरा बर्ष- ८ अनु श्रेष्ठ टाउकोमा सामान्य चोट अबस्था सामान्य
१२. जि. दोलखा तामाकोशी गापा – ३ बस्ने बर्ष- २८ कि कुमार बस्याल छातिना चोट अबस्था सामान्य
१३. जि.झापा कचनकवल गापा -६ बस्ने बर्ष- २७ की भेमा राजबसी छातिमा कुममा चोट अवस्था मध्याम
१४. जि.झापा बिर्तामोड नपा ५ बस्ने बर्ष ३५ को रामकुमार श्रेष्ठ छाति, तिग्राम चोट अबस्था सामान्य
१५. निजको छोर बर्ष- ९ को रिदम श्रेष्ठ हात र खट्टामा चोट अबस्था सामान्य ।
१६. जि. झापा बिर्तामोड नापा -५ बस्ने बर्ष- २३ को पुर्ण बहादुर नेपाली टाउको र कुममा चोट अबस्था सामान्य
१७. ऐ.ऐ. बस्ने बर्ष- १८ सितल नेपालि बायाँ आँखाको डिलमा चोट अबस्था सामान य
१८. जि. झापा बाह्रदसी गापा -५ बस्ने बर्ष- २१ को अबिसेक राजबंसी नाकमा चोट अबस्था सामान्य
१९. जि.झापा झापा गापा २ बस्ने बर्ष- १८ को श्यमलाल किस्कु टाउकोमा चोट सामान्य ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment