बैंककबाट ११ किलो गाँजा ल्याउने ३ भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ


२७ असोज, काठमाडौं । थाइल्यान्डको बैंककबाट करिब ११ किलोभन्दा बढी गाँजा ल्याएका तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतका ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिर रहेका छन् । उनीहरूको साथबाट ११ किलो २७५ ग्राम लागुऔषध गाँजा बरामद गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले नियमित जाँचका क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरमा पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment