बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

झापा


बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ ।  करिब एक महिनाअघि घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराई तीन दिनअघि घर लगिएका साइकल यात्री झापा गाउँपालिका-२ बस्ने ५० वर्षीय पिन्टु राजवंशीको मंगलबार बिहानको राति २ः१० बजे मृत्यु भएको हो ।
गत असोज ५गते बिहान ८ः५० बजे बिर्तामोड-२ भाटभटेनी सुपर मार्केटस्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अर्जुनधारा ५ बस्ने १७ वर्षीय अनुज राजवंशीले चलाएको प्र १–०१–१७ प २५८ न.को मोटरसाइकलले साइकल यात्री पिन्टु राजवंशीलाई ठक्कर दिएको थियो । शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका पिन्टुलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।
मोटरसाइकल चालक अनुज राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् मृतकका आफन्तले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जना
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment