गोविन्द पौडेल,
रोङ – २२ असोज
गत असोज १९ गतेको अविरल वर्षाका कारण असहज बनेको इलामको रोङ गाउँपालिकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
समग्र इलाममा ठूलो क्षति पुगे पनि रोङमा कुनै मानवीय क्षति नभएको गाउँपालिकाले जनाएको छ। तत्काल क्षतिको विवरण संकलनसहित राहत र आधारभूत पुनर्स्थापनाका प्रयासले जनजीवन सहज बन्दै गएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वाे (सुवास) ले बताए।
गाउँपालिकाले विपद् व्यवस्थापनका क्रममा ५७ वटा टोल विकास समिति, आम नागरिक, राजनीतिक दल र जनप्रतिनिधिहरूको सहकार्यमा तत्काल उद्धार र मर्मत कार्य अघि बढाएको छ।
भौतिक संरचनामा ठूलो क्षति
अविरल वर्षापछि रोङ गाउँपालिकाभित्रका सडक, खानेपानी र सिँचाइ योजनामा ठूलो क्षति पुगेको छ।
गाउँपालिकाका अनुसार करिब ४०० भन्दा बढी स्थानमा सडक अवरुद्ध भएका छन्।
२० भन्दा बढी खानेपानी योजना र १५ भन्दा बढी सिँचाइ योजनामा क्षति पुगेको छ।
तर, विद्यालय र स्वास्थ्य संस्थाका भवनहरूमा ठूलो संरचनागत क्षति नभएको बताइएको छ।
केही विद्यालय र इरौतार स्वास्थ्य केन्द्रमा साना पहिराेले असर पुर्याएको र त्यसको पुनर्निर्माणमा ७ देखि ८ करोड रुपैयाँसम्म खर्चिनुपर्ने अनुमान गरिएको छ।
बिजुली र सडक पुनः सञ्चालन
गाउँपालिकाको प्रयासपछि अहिले सबै वडामा बिजुली आपूर्ति पुनः सञ्चालनमा आएको छ।
धेरै सडकहरू नागरिक स्तरबाटै एकतर्फी (वान–वे) रूपमा सञ्चालनमा ल्याइएका छन्।
हाल गाउँपालिकाले ४ वटा मेशिन र १ वटा एक्साभेटर विभिन्न वडामा परिचालन गरी मर्मत कार्य तीव्ररूपमा अघि बढाएको छ।
गाउँपालिकाले पहिलो चरणमा मुख्य सडक सञ्चालनमा ल्याएर क्रमशः भित्री सडकहरू पनि खुलाउने तयारी गरेको छ। यस कार्यमा टोल सुधार समितिहरूले सहयोग गरिरहेका छन्।
गाउँपालिकाले सबै टोल सुधार समितिप्रति कृतज्ञता व्यक्त गर्दै थप सहयोगका लागि आम नागरिकमा अपिल गरेको छ।
स्वास्थ्यमा सावधानीको अपिल
बाढी र पहिरोपछि हैजा तथा अन्य महामारी फैलिने जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाले उच्च सावधानी अपनाउन सबैमा अपिल गरेको छ।
स्वास्थ्य चौकीहरूलाई तयारी अवस्थामा राखिएको र सरसफाइमा जनसहभागिता बढाइएको गाउँपालिकाले जनाएको छ।

0 comments:
Post a Comment