इलाम नगरपालिका–६ अन्तर्गत बालन गाउँ र घोष टोलका बाढी–पहिरो पीडित १४ घरपरिवारलाई माछापुच्छ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत राहत सामग्री वितरण गरेको छ।
बिहीबार सम्पन्न कार्यक्रममा वडा अध्यक्ष दुर्गा श्रेष्ठ, वडा सदस्यहरू, माछापुच्छ्रे बैंक केन्द्रीय कार्यालयका चिफ बिजनेस अफिसर डिल्लीराम गिरी, कोशी प्रदेशका क्षेत्रीय प्रबन्धक माधव थापा, इलाम शाखा प्रबन्धक उमेश बास्कोटालगायतको सक्रिय सहभागिता थियो।
राहतमा लत्ताकपडा तथा दैनिक प्रयोगका आवश्यक वस्तुहरू समावेश गरिएको बैंकले जनाएको छ। बाढी–पहिरोका कारण घरविहीन बनेका प्रभावित परिवारलाई तत्काल सहायता पुर्याउने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जानकारी दिएको छ।
स्थानीयवासीले विपद्को समयमा संस्थागत रूपमा सहयोग पुर्याएकोमा बैंक तथा स्थानीय सरकारप्रति धन्यवाद व्यक्त गरेका छन्।


0 comments:
Post a Comment