माइपोखरी न्यूज,
सांकेतिक तस्विर
झापा ३ मंसिर । झापाको कन्काई नगरपालिका–२ सिमसारमा आफ्नै बुवामाथि खुकुरी प्रहार गर्ने धम्की दिएको आरोपमा २३ वर्षीय बिशाल मुसहरलाई प्रहरीले पक्राउ गरेको छ।
गएराति मदिराको नशामा रहेका मुसहरले आफ्ना बुवा लालबहादुर मुसहरलाई “काट्छु–मार्छु” भन्दै धन्क्याएपछि छिमेकीले तत्काल घटनाबारे इलाका प्रहरी कार्यालय सुरुङ्गालाई जानकारी गराएका थिए।
हातमा खुकुरी लिएर अभद्र व्यवहार गर्दै बुवामाथि आक्रमण गर्न खोजेपछि छिमेकीहरूले उनलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक रामेश्वर सुनरैत यादवको कमाण्डमा खटिएको टोलीले मुसहरलाई नियन्त्रणमा लिएर इप्रका सुरुङ्गामा राखी कानूनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।
0 comments:
Post a Comment