झापामा ६३ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ


झापामा ठुलो मात्रामा लागू औषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-५ पन्थापडा निवासी अन्दाजी २० वर्षीय अड्साद अलि रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार आज साँझ ७ः२८ बजे बाह्रदशी गाउँपालिका-३ स्थित राजगढबाट चारपानेतर्फ आउँदै गरेको मे ८ प ८१४० नम्बरको मोटरसाइकललाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा प्लास्टिकबाहेक ६३ ग्राम २० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । ब्राउन सुगरसहित फेला परेका अलिमाथि थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment