बिग ब्रदर बिर्तामोडका सञ्चालक बोहोरामाथि हतियार प्रहार

२०८२ मंसीर ४ गते , विहीबार


बिग ब्रदर ब्याडमिन्टन हल बिर्तामोडका सञ्चालक उमेश बोहोरामाथि हतियार प्रहार भएको छ ।  गएराति ९ बजे बिर्तामोड नगरपालिका-५ महानन्द चोक निवासी ५० वर्षीय उमेश बोहोरालाई सोही ठाउँका वर्ष ४८ का मेदनीप्रसाद मैनालीले हतियार प्रहार गरेका हुन् ।
पेट, दुवै कोखा र दुवै हातमा चोट लागेका घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।हतियार प्रहार गरेर फरार भएका मैनालीलाई राति ११ बजे उनको घरबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट गएको टोलीले पक्राउ गरेको हो । सामान्य विवाद हुँदा मैनालीले हतियार प्रहार गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment