झापामा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०८२ मंसीर ७ गते , आईतबार


झापाको मेचीनगरमा ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर –१५ का ३८ वर्षीय विनोद राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार साँझ ६ बजे मेचीनगर–१५ हेद्लुबारीस्थित भित्री सडक खण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र१–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकलले रोडको साइडमा रोकिराखेको प्र १–०१–००१ त ९९७७ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक राउत र पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दुवै जनालाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । साँझ ७ः४५ बजे बीएण्डसी अस्पतालमा घाइते राउतको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर –१५ बस्ने ३० वर्षीय होप्ना हस्दालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment