झापाको गौरादहमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु

२०८२ मंसीर ६ गते , शनिबार


झापाको गौरादहमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-६ आरतिनगर निवासी ५० वर्षीय रामकुमार ताजपुरिया रहेका छन् । आज दिउँसो १२ः२० बजे गौरादह-६ र गौरीगंज-६ को सिमाना पर्ने रामचन्द्रे खोलामा ताजपुरिया करेन्ट लगाएर माछा मार्न गएका थिए ।
आफ्नो घरदेखि २०० मिटर उत्तर पश्चिम पर्ने खोलामा घरको २२० भोल्ट लाइनको तार जोडी माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई खोलामा मृत अवस्थामा देखेपछि उनकी श्रीमती फुलकुमारी ताजपुरियाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको थियो ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment