कार्तिक २०, २०८२
मोरङ । मोरङको जहदा गाउँपालिका–३ बाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका–३ स्थितमा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए सगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाईकल चालक जहदा गाउँपालिका–३ का ३२ बर्षीय दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

0 comments:
Post a Comment