गाेविन्द पाैडेल, राेङ | २० कार्तिक
राेङ गाउँपालिका–६ का नागरिकले अबदेखि जन्म र मृत्यु दर्ता गर्न वडाको कार्यालय धाउनुपर्ने छैन। वडाले नागरिकलाई घरमै पुगेर दर्ता सेवा प्रदान गर्ने निर्णय गरेको छ।
स्थानिय सरकारको अनुभूति जनतासम्म पुर्याउने र छिटो–छरितो सेवा प्रवाह गर्ने उद्देश्यले वडाले यो कार्य सुरु गर्न लागेको हो।
वडा समितिको गत असोज २९ गतेको बैठकले जन्म र मृत्यु भएका परिवारको घरमै पुगेर आवश्यक कागजात संकलन गरी दर्ता प्रक्रिया सम्पन्न गर्ने निर्णय गरेको वडाध्यक्ष सत्यम राई चौरासेले जानकारी दिए।
उनका अनुसार, यसअघि वडामा कुनै नागरिकको मृत्यु भएमा मात्र समवेदना व्यक्त गर्ने कार्यक्रम सीमित रहेकोमा अब दर्ता सेवा पनि घरमै पुगेर उपलब्ध गराइनेछ।
यो पहलले लामो समयदेखि जन्म र मृत्यु दर्ता गर्न नसकेका नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाहरूले वडाको यस्तो कदमले सेवा पहुँचमा सुधार ल्याउने प्रतिक्रिया दिएका छन्।

0 comments:
Post a Comment