करसोङ पदमार्ग सरसफाइमा ४४५ जनाको सहभागिता

गोबिन्द पौडेल, रोङ | १९ कार्तिक


रोङ गाउँपालिकाको आव्हानमा करसोङ पदमार्ग सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। हासपोखरीदेखि झापा बाहुण्डागीको निन्दासम्म १९ किलोमिटर लामो पदमार्गमा ४ सय ४५ जनाको सहभागितामा सरसफाइ गरिएको हो।

कार्यक्रममा रोङ गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्वो, उपाध्यक्ष विष्णुमाया खवास, सबै वडाका जनप्रतिनिधि, नागरिक, स्थानीय टोल विकास समितिहरू, मेचिनगर नगरपालिका–निन्दा टोल, सूर्यदयनगरपालिका–६ उत्तरे टोल विकास समिति, हर्लटे टोल विकास समिति, सशस्त्र प्रहरी (APF), नेपाल प्रहरी, होमस्टे सञ्चालक, झण्डी पर्यटन समिति लगायतका निकायहरूको सक्रिय सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको तथ्यांकअनुसार सहभागीमध्ये महिला २१.१२ प्रतिशत र पुरुष ७८.८८ प्रतिशत रहेका छन्। उमेरगत विवरणमा २० देखि ३९ वर्ष उमेर समूहका ६७.१९ प्रतिशत र ४० देखि ५९ वर्ष उमेर समूहका ३२.५८ प्रतिशत सहभागी रहेका छन्। 

पदमार्ग सरसफाइका लागि कार्यक्षेत्रलाई चार खण्डमा विभाजन गरिएको थियो।

सलकपुर–निन्दा खण्ड: १५.०६%

झण्डी–दैले खण्ड: १५.०६%

दैले–तारगाउँ खानेपानी खण्ड: २०.२२%

तारगाउँ खानेपानी–हासपोखरी खण्ड: ४९.६६%

पर्यटन सिजन सुरु हुनसाथ देशकै लोकप्रिय करसोङ पदमार्गमा सरसफाइले थप आकर्षण बढाउने अपेक्षा गरिएको छ। गाउँपालिका अध्यक्ष स्याङ्वोका अनुसार पदमार्गमा रंगरोगन, सौन्दर्यकरण लगायतका थप काम पूरा गरी आगामी अवधिमा ५ हजारदेखि १० हजारसम्म पदयात्री आकर्षित गर्ने लक्ष्य राखिएको छ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment