भद्रपुरमा बिर्ताबजारका एक युवक लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । आज दिउँसो ३ः३० बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री बिर्तामोड ३ बिर्ताबजार बस्ने २१ वर्षीय राजु माझीलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
शङ्का लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लास्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।

0 comments:
Post a Comment