२०८२ मंसीर ५ गते , शुक्रबार
झापा बिर्तामोडका व्यापारीले भारतबाट टमाटर लिएर आएको एक भारतीय ट्रक चालक बन्धक बनाएका छन् । बिर्तामोडस्थित कृषिथोक बजारमा टमाटर लिएर आएको भारतीय ट्रक व्यापारीबिचको लेनदेन विवादका कारण ८ दिनदेखि भारत फर्कन सकेको छैन । जसका कारण ट्रक चालक बिर्तामोडमा बन्धक जस्तै बनेका छन्
युपी ८७ ए ती ४४६५ नम्बरको उक्त ट्रकका चालक योगेन्द्र सिंहका अनुसार ट्रक भारतबाट टमाटर लिएर आएको थियो । अक्टोबर १४ मा बिर्तामोड प्रवेश गरेको सो ट्रक तीन दिनका लागि आएको थियो । तर, व्यापारीहरूको विवादमा पर्दा भन्सार पाससमेत खोसिएको र आफूहरूले घर फर्कने वातावरण नभएको सिंहले बताए ।
सवारीको कागजपत्र खोसिएपछि उनी अहिले कृषि थोकको पूर्वी कुनामा ट्रक राखेर आठ दिन देखि अलपत्र परेका छन् । “हामी त भाडामा टमाटर लिएर आएका हौँ उनले भने – भारत र नेपालका व्यापारीबीचमा लेनदेनको कारोबार नमिल्दा हामीलाई बन्धक बनाइयो ।
टमाटर झारिसकेपछि कागजपत्र खोसिएको र किन ट्रक रोकिएको भन्ने कुरा सुरुमा आफैँलाई थाहा नदिइएको उनको भनाई छ ।
भाडामा ट्रक लिएर आयौँ यहाँ व्यापारीबीचको लडाइमा आफूलाई बन्धक बनाइयो । उनले दुखेसो पोख्दै भने कागज नदिएपछि न भारत जान सकियो न नेपालमा बस्ने अवस्था छ । अहिले आफूहरू ट्रकमै पकाउने र ट्रकमै खाने बस्ने गरेका छौँ ।
चालक सिंहले फर्किने कागज नपाएपछि आफूहरू आर्थिक तथा कानुनी जोखिममा परेको बताए। “कागज फिर्ता नदिने हो भने हामीले फाइन तिर्नुपर्छ। अब उप्रान्त नेपालमा सामान बोक्न आउनै सकिन्न । अहिले दैनिक खर्च धान्नै समस्या भएको उनीहरूको गुनासो छ।
उनले बिर्तामोडका व्यवसायी खगेन्द्र महतोको टमाटर लिएर आएका थिए ।
भारतीय व्यापारी र यहाँका व्यापारी बीच के कुरा मिलेन जसका कारण हामी अलपत्र परेका छौँ सिंहले भने आफूले टमाटर बिर्तामोडका व्यापारी महतोलाई दिएपछि हाम्रो जिम्मेवारी सकियो । तर, टमाटर झारेपछि हाम्रो सबै कागजात खोसियो उनले भने – अहिले हामी कष्टपूर्ण जीवन कटाइरहेका छौँ । भारतमा ट्रकको किस्ता बुझाउन समेत पाइएन ।
तर महतोले आफूले बिना कारण ट्रक नरोकेको बताएका छन् । मैले भारतमा पैसा पठाएर मगाएको सामान त्यहाँस्थित ट्रान्सपोर्टकै अर्को ट्रकले भारतमै बेचेछ उनले भने – यस्तो अवस्थामा पैसा फिर्ता नआउने जोखिम भयो, त्यसैले ट्रक रोक्नु प¥यो ।
उनका अनुसार काँक्राका लागि भारु ३ लाख १८ हजार पठाइएको थियो।
“सबै हिसाब गर्दा २ लाख २७ हजार ९५९ रुपैयाँ फिर्ता लिन बाँकी छ, पैसा नफर्किने भएपछि ट्रकलाई रोकिएको हो,” महतोले भने ।
कारोबारमा संलग्न व्यक्ति सम्पर्क विहीन भएको उनको भनाई छ । कारोबार गरेका भारतीय व्यक्तिसँग सम्पर्क गर्दा फोन उठिरहेको छैन, त्यसैले पैसा सुरक्षित गर्न ट्रक रोकिएको हो उनले भने ।
तर चालकले व्यापारीबिचको विवादमा ट्रक–चालकलाई बन्धक बनाइनु नियम विपरीत भए पनि प्रशासनलाई खबर गर्दा समेत सहयोग नगरेको दुखेसो पोखे । उनले आफूलाई तत्काल कागज फिर्ता गरेर घर फर्किने वातावरण बनाउन आग्रह समेत गरेका छन् ।

0 comments:
Post a Comment