मंसिर ६, २०८२
झापा, अर्जुनधारा नगरपालिका–१, शान्ति चोक निवासीे ३४ वर्षीया मुना खनाल र उनका घरमा आएका पाहुना (भाई) जंगली च्याउ खाँदा विरामी परेका छन् । घर छेउकै जंगलबाट ल्याएको च्याउ तरकारीका रुपमा पकाएर खाँदा उनीहरु विरामी परेका हुन् । उनीहरुको शंकर अस्पताल शनिश्चरेमा भर्ना गरेर उपचार शुरु गरिएको बताइएको छ ।
अस्पतालबाट प्राप्त जानकारी अनुसार, घटना स्थलगत निरीक्षणका लागि जिल्ला प्रहरी कार्यालयको टोली डिल्ली बहादुर भुजेलको कमाण्डमा खटिएको छ ।

0 comments:
Post a Comment