बीएण्डसी अस्पतालमा बिरामीको मृत्युपछि विवाद, सुरक्षागार्डसँग कुटाकुट

२०८२ कार्तिक १७ गते , सोमबार


आइसीयुको बिरामीको मृत्यु ढिलो जानकारी गराएको विषयमा बीएण्डसी अस्पताल बिर्तामोडमा विवाद भएको प्रहरीले जनाएको छ ।
कमल गाउँपालिका –२ केर्खा बस्ने ८३ वर्षीय रंगनाथ पौडेलको मृत्यु भइसकेर अस्पतालले ढिलो जानकारी गराएको विषयमा विवाद भएको हो । पेट दुख्ने बिरामी भई उपचारको लागि बीएण्डसी अस्पतालमा ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा पौडेलको हिजो दिउँसो १ बजे मृत्यु भएको थियो । उनको मृत्यु भएको ढिलो जानकारी गराएको भन्दै साँझ ५बजेतिर मृतकका आफन्तहरूले अस्पतालमा विवाद गरेका थिए । त्यसक्रममा मृतकका आफन्त र अस्पतालका सुरक्षागार्डबीच कुटाकुट नै भएको थियो ।
मृतकका आफन्तहरू करिब २० जना भेला भई अस्पताल प्रशासनसँग विवाद गरेका थिए । पछि आफन्त र अस्पताल प्रशासनबिच छलफल भई साँझ ५ः५० बजे अस्पताल प्रशासनले सम्झाई बुझाई शव मृतकका आफन्तलाई जिम्मा दिएको जनाइएको छ । बिरामीको मृत्यु भइसक्दा पनि आइसियुको भेन्टिलेटरमा राखेर अस्पतालले रकम असुल्ने गरेको गुनासो सुनिने गरिएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment