भद्रपुर- ७ स्थित बोक्तोबारीकी सुशीला राजवंशीकी १७ वर्षीया छोरी प्रियङ्का सिंह राजवंशी बेपत्ता भएकी छिन् । प्रियङ्का कात्तिक ४ गते बिहान ५ बजे घरबाट बेपत्ता भएकी उनका दाजु कृष्णदेवले जानकारी दिए । उनका अनुसार घरमा कसैलाई केही नभनी एक्कासि बहिनी बेपत्ता भएकी छिन् ।
खोजतलास गर्दा फेला नपरेपछि परिवारले अलि अकबर अरवाज नाम गरेको युवकमाथि शङ्का लागेपछि जिल्ला प्रहरी कार्यालय झापामा सोही दिन उजुरी दिएको उनले बताए । बहिनी हराएपछि कल डिटेलमा एक दिन अघि दुई जना बिच कुराकानी भएको फेला पारेको उनको भनाई छ । युवकको ठेगाना भने थाहा नभएको उनले बताए । प्रियङ्कालाई कसैले देखेमा कृष्णदेव सिंहको मोबाइल नम्बर ९८१७००४२४३ वा ९८२७९२६५२७ मा खबर गरिदिन अनुरोध गरेका छन् ।

0 comments:
Post a Comment