जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचामा घिमिरेकाे मृत्यु


मंसिर २७, २०८२
सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैंचामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–१२ संगम टोल निवासी ६० वर्षीय भवकृष्ण घिमिरेको हात्तीले आक्रमण गर्दा ज्यान गएको हो। 
स्थानीय बासीका अनुसार दूध बेच्न जाँदै गर्दा बिहान करिब ५ बजे हात्तीले घिमिरेमाथि आक्रमण गरेको घटनास्थलमै उनको मृत्यु भएको बताईएको छ। घटना घटाएर हात्तीकाे हुल जंगलतर्फ लागेको बताईएको छ। मृतकको शव पोस्टमार्टमका लागि घोपा पठाइएको र घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयले जनाइएको छ।
हात्तीले घिमिरेको ज्यान लिएपछि स्थानीयहरुले त्यस क्षेत्रामा माईकिङ्ग गर्दै सचेत गराएका छन्। पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा जंगली हात्तीको चहलपहल बढ्दै गएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment