जेष्ठ नागरिक दिवसमा रोङ–६ मा समाजका अग्रज सम्मानित

  •  गोविन्द पौडेल

रोङ–११, पुस

जेष्ठ नागरिक दिवसको अवसरमा रोङ गाउँपालिका वडा नं. ६ मा रहेको जेष्ठ नागरिक समाजले समाजका अग्रज जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ।

समाजका सृष्टा, सर्जक तथा ऐतिहासिक धरोहरका रूपमा रहेका जेष्ठ नागरिकहरूको हक, हित, मूल्य–मान्यता र महत्वका विषयमा सचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। साथै, विगतको योगदानको समीक्षा गर्दै वर्तमान समाजमा जेष्ठ नागरिकहरूको भूमिकाबारे जानकारी गराउने लक्ष्यसमेत कार्यक्रममा राखिएको थियो।

जेष्ठ नागरिक दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा रोङ गाउँपालिका वडा नं. ६ का दर्जनौँ जेष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो।

जेष्ठ नागरिक समाज रोङका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ७८ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो तथा उपाध्यक्ष विष्णुमाया भुजेलले सम्मान गर्नुभएको थियो।

नेपालमा प्रत्येक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाइने गरिन्छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment