अर्जुनधारामा श्रीमतीलाई जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ

२०८२ पौष १६ गते , बुधबार


झापाको अर्जुनधारामा श्रीमतीलाई कुटपिट गरी जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ परेका छन् । हिजो राति १० बजेतिर अर्जुनधारा नगरपालिका ४ भाङवारि बस्ने ४० वर्षीय डम्बर परियारले आफ्नै श्रीमती ४२ वर्षीया मेनुका परियार गुरुङलाई सामान्य वादविवाद भई कुटपिट गरी आगोमा घिसारेर हाल्ने प्रयास गरेका थिए ।
घाइतेको ढाड, अनुहार, घुँडा र हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ । हिजो प्रहरी चौकी शनिश्चरेमा लिखित निवेदन दिएपछि परियारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment