सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

२०८२ पौष १७ गते , विहीबार


सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । घटना बुधबार गएराति करिब १स्१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् ।

साहले आफ्नै सिटी सफारीमा ८/१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment