२९ पुस, काठमाडौं । नेपालील कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी विभाजनबाट जोगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै भूमिका खेल्नुपर्ने बताएका छन् ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले पार्टी विभाजन हुने अवस्थामा पुगे सबैभन्दा ठूलो क्षति महामन्त्रीहरूले बेहोर्ने बताएका हुन् ।
‘विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि । पार्टी फुटाएर गएपछि महाधिवेशनमा भाग लिन पाउनुहुन्न,’ उनले भने, ‘त्यसकारण मलाई विश्वास छ- उहाँहरू सहमतिमा आउनुहुन्छ ।’
उनले पार्टी विभाजन हुँदा महामन्त्री र कांग्रेस दुवैलाई घाटा हुने पनि बताए ।
‘पार्टी फुटाएर फाइदा छैन । कुनै न कुनै सम्झौतामा आउनुहुन्छ । पार्टी फुटाउने बाटोमा योग्य, पपुलर नेताहरू लाग्नुहुँदैन भन्ने विश्वास छ । उहाँहरू जत्तिको मान्छे नहुँदा कांग्रेसलाई पनि घाटा हुन्छ । तर यो भन्दा धेरै क्षति उहाँहरूले बेहोर्नुपर्छ ।’
सहमति नभए महामन्त्रीहरूलाई काबारही गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले अर्को पार्टी बनाउनु भयो भने निष्काशन गर्नै परेन आफैँ निष्काशन भइहाल्यो नि ।’

0 comments:
Post a Comment