इलाम, माघ ८
इलामको प्रसिद्ध पर्यटकीय क्षेत्र पानीटारको प्रवेशद्वार नजिकै गए राति भएको अटो रिक्सा दुर्घटनामा देउमाई नगरपालिका–५ निवासी युनिस लुईटेलको मृत्यु भएको छ।
हाम्रा सहकर्मी विमल अधिकारीले जानकारी दिएअनुसार जितपुरबाट मङ्गलबारेतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडक किनारमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक लुईटेललाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ।
दुर्घटनाग्रस्त अटो सडकको भित्तामा ठोक्किएको अवस्थामा फेला परेको थियो। घटनाको विस्तृत विवरणबारे जिल्ला प्रहरी कार्यालय इलामले थप अनुसन्धान गरिरहेको जनाएको छ।

0 comments:
Post a Comment