कतार हिँडेका हल्दीबारीका नवीन काठमाडौँको होटेलमा मृत भेटिए

२०८२ फाल्गुन २४ गते , आईतबार


झापा हल्दीबारी गाउँपालिका–४ मङ्गलबारेका ४१ वर्षीय नवीन मुर्मु काठमाडौँमा मृत अवस्थामा भेटिएका छन्। वैदेशिक रोजगारीका लागि कतार जान लागेका उनी नयाँ बसपार्क क्षेत्रमा रहेको लुम्बिनी गेस्ट हाउसको कोठामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् । 
पारिवारिक स्रोतका अनुसार उनी विगत करिब १० वर्षदेखि रोजगारीका सिलसिलामा कतारमा बस्दै आएका थिए। शनिबारको उडानबाट पुनः कतार फर्कने तयारीका साथ काठमाडौँ पुगेका थिए। नयाँ बसपार्क नजिकैको लुम्बिनी गेस्ट हाउसमा बसेका मुर्मु बिहीबार राति आफूलाई सन्चो नभएको भन्दै कोठामै खाना मगाएर सुतेका थिए। तर शुक्रबार बिहान अबेरसम्म नउठेपछि कोठामा पुगेका होटेलका कर्मचारीले उनलाई ओछ्यानमै मृत अवस्थामा फेला पारेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment