काठमाडौं, १७ वैशाख
रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा मेला भर्न गएका यात्रु सवार जिप दुर्घटना हुँदा १५ जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार लु १ ज ४१६७ नम्बरको बोलेरो जिप सडकबाट करिब ८ सय मिटर तल खसेको हो। दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् भने १ जना सामान्य घाइते रहेको जनाइएको छ।
घटनापछि प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ। तर दुर्घटनास्थलमा भारी वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भएको बताइएको छ।
वीरेन्द्रवीर विश्वकर्मा ले भोलि जलजलामा लाग्ने मेलामा सहभागी हुन जाँदै गरेका यात्रुहरू चढेको जिप दुर्घटनामा परेको जानकारी दिएका छन्।
घाइतेहरूको उपचार तथा थप उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

0 comments:
Post a Comment