२०८३ बैशाख १९ गते , शनिबार
झापाको बिर्तामोड नगरपालिका–२ श्रीहरि टोलमा पैनी (नाला) खन्ने क्रममा विवाद भएको छ । विवादको क्रममा एक जना घाइते भएका छन् । आज बिहान करिब ९:४० बजेदेखि वडा अध्यक्षको उपस्थितिमा दुईवटा स्काईभेटर प्रयोग गरी सडक किनारमा पैनी खन्ने काम सुरु गरिएको थियो। सुरक्षाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोलीसमेत खटिएको थियो।
पैनी खन्ने क्रममा बिहान ११:५० बजे केही स्थानीयले विरोध जनाएपछि तत्कालका लागि खन्ने कार्य स्थगित गरी प्रयोग भएका स्काईभेटर फिर्ता गरिएको प्रहरीले जनाएको छ। नगरपालिका र स्थानीयबीच सहमति गरेर मात्र बाँकी काम अघि बढाउने समझदारी भएको थियो ।
यसैबीच, करिब २०–३० जना स्थानीय भेला भई अर्को जेसीबी ल्याएर पुर्ने प्रयास गर्दा दुई व्यक्तिबीच विवाद चर्किएको थियो। विवादका क्रममा बिर्तामोड–२ का ७३ वर्षीय नन्दकुमार उप्रेतीमाथि सोही स्थानका २२ वर्षीय निकेश मिश्रले कुटपिट गरेको आरोप छ। घटनापछि मिश्र फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ। घाइते उप्रेतीलाई बिर्तामोडस्थित स्पाइन एक्स अस्पतालमा उपचारका लागि लगिएको जनाइएको छ। उनको नाकमा चोट लागेको भएपनि अवस्था सामान्य छ।

0 comments:
Post a Comment