२०८२ चैत्र २७ गते , शुक्रबार
वाइफाइको प्लग जोड्ने क्रममा करेन्ट लागेर झापाको बाह्रदशीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२ मा सुपोल बास्कीकी श्रीमती ३५ वर्षीया सुनिता बास्की रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजेको समयमा सुनिता घरमा वाइफाइको प्लग जोड्ने क्रममा बिजुलीको नाङ्गो तार छुँदा करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो।
घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

0 comments:
Post a Comment