२०८२ चैत्र २७ गते , शुक्रबार
बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटा बीभत्स भिडियो भाइरल भइरहेको छ। भिडियो यति डरलाग्दो छ कि सामान्य मानिसले हेर्न पनि मुस्किल पर्छ। पाटनको प्रसिद्ध कृष्ण मन्दिर परिसरमा बुधबार साँझ भएको क्रूर हत्याको यो दृश्य फेसबुक, टिकटक र एक्सजस्ता प्लेटफर्ममा व्यापक सेयर भइरहेको छ।
भिडियोमा हातमा लामो चक्कु बोकेका सञ्जीव नेपालीले एक मिनेटभित्रै दुई युवामाथि घातक प्रहार गरेको देखिन्छ। झापा घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका सुमित नेम्बाङ र सृजन नेम्बाङ दाजुभाइलाई नेपालीले पालैपालो पेटमा चक्कु प्रहार गरेका थिए। सुन्दा पनि आङ जिरिङ हुने यो घटनाले बुधबार साँझ पाटन क्षेत्रलाई स्तब्ध तुल्यायो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटना भएको दुई मिनेटभित्रै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा दुवै दाजुभाइ रगताम्मे अवस्थामा भुइँमा ढलिसकेका थिए। उनीहरूलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइए पनि उपचारका क्रममा केही समयमै दुवैको मृत्यु भयो। एसएसपी बोगटी भन्छन्, ‘पत्याउनै नसकिने गरी अत्यन्तै दुःखद् घटना भएको छ। रिसलाई नियन्त्रण गर्न नसक्दा सञ्जीव नेपालीले क्रुरतापूर्वक दाजुभाइको पेटमा चक्कु प्रहार गरेको देखिन्छ। चक्कु प्रहार गर्ने र मारिने पक्षबीच पहिलेदेखि कुनै चिनजान छैन। एउटा गलत नम्बरबाट सुरु भएको सामान्य विवादले अन्ततः दुई युवाको ज्यान लियो।’
विवादको चुरो
बुधबार ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा भएको यो हत्याको कारण एउटा फोन कल थियो। झापाको कमल गाउँपालिका–६ घर भई हाल महालक्ष्मी नगरपालिका इमाडोल बस्दै आएका सुमित नेम्बाङ आफ्ना भाइ सृजन र केही साथीसहित साँझ मंगलबजार पुगेका थिए। सुमितले आफ्ना एक साथीलाई फोन गर्ने क्रममा झुक्किएर गलत नम्बर डायल गरे।
उक्त नम्बर
ललितपुर महानगर–९ भोलढोका बस्ने सञ्जीव नेपालीको थियो। अपराधिक पृष्ठभूमिका नेपाली एक मासु पसलमा काम गर्थे। उनी यसअघि पनि विभिन्न कसुरमा पटक–पटक पक्राउ पर्दै र प्रहरीको सम्झाइबुझाइ पछि छुट्दै आएका व्यक्ति हुन्। फोन उठ्नेबित्तिकै सुमित र सञ्जीवबीच भनाभन सुरु भयो। विवाद बढ्दै गएपछि सञ्जीवले सुमितलाई ‘कहाँ छस् ?’ भनी सोधे। सुमितले आफू कृष्ण मन्दिरमा रहेको बताएपछि सञ्जीव ‘म त्यहीँ आउँदैछु’ भन्दै साथी गगन सुनारसँग स्कुटरमा चढेर त्यसतर्फ लागे।
प्रहरीका अनुसार कृष्ण मन्दिर पुगेपछि उनीहरूबीच पुनः विवाद भयो। सोही क्रममा आवेगमा आएका सञ्जीवले आफूसँगै बोकेको चक्कुले सुमितको पेटमा प्रहार गरे। दाइलाई चक्कु प्रहार गरेको देखेपछि बचाउन पुगेका भाइ सृजनमाथि पनि सञ्जीवले पेट र घाँटीमा निर्घात प्रहार गरे। घटनास्थलमा सुमितका काका, साथीहरू र अन्य धेरै मानिस उपस्थित भए पनि कसैले प्रतिकार गर्न सकेनन्। कतिपय मानिसहरू भने उद्धार गर्नुको साटो घटनाको भिडियो बनाउन व्यस्त देखिएका थिए।
गम्भीर घाइते दुवैलाई तत्काल ग्वार्कोस्थित बी एन्ड बी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले बेलुका साढे ८ बजे उनीहरूलाई मृत घोषणा गरे। घटना लगत्तै सञ्जीव फरार भएका थिए। प्रहरीले उपत्यकाका सम्भावित नाकामा सुरक्षा कडा पारी व्यापक खोजी गरेपछि उनलाई एक होटलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ। घटनाको समयमा सञ्जीवसँगै रहेका गगन सुनार पनि प्रहरी नियन्त्रणमा छन्। मृतकका बुवाले सञ्जीवविरुद्ध कर्तव्य ज्यान कसुरमा जाहेरी दिएका छन्। क्षणिक आवेग र उत्तेजनाले दुई दाजुभाइको ज्यान लिएको प्रहरीको निष्कर्ष छ। मृतक दाजुभाइ इमाडोलमा बुवासँग बस्दै आएका थिए भने उनीहरूको आमा हाल बेलायतमा रहेको बुझिएको छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

0 comments:
Post a Comment