जेष्ठ ६, २०८३
झापा । झापामा एकपछि अर्को हत्याका घटना सार्वजानिक हुन थालेका छन् । यसैक्रममा हल्दीबारी गाउँपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स हत्या गरेका छन्।
हल्दीबारी गाउँपालिका –५ धनुषपोखरी छेउमा मंगलबार राति सामान्य विवाद चुलिँदा श्रीमानले धारिलो दाउ प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्।
स्थानीय गोकर्ण भण्डारीले आफ्नै कान्छी श्रीमती ३३ वर्षीया उर्मिला भण्डारीको टाउकोमा बाम्फोक प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भण्डारीले श्रीमती माथी के कारणले बाम्फोक प्रहार गरेका हुन भन्ने खुलेको छैन् ।
स्थानीय बासिन्दाका अनुसार भण्डारी दम्पतीबीच विगत लामो समयदेखि दिनदिनै झगडा हुँदै आएको थियो। राती ११ बजे भण्डारीले श्रीमतीको हत्या गरेको जनाइएको छ । घटना लगत्तै प्रहरीले हत्यामा संलग्न भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काको नेतृत्वमा अनुसन्धान शुरु चएको जनाइएको छ । मृतक उर्मिलाका एक छोरी र एक छोरा नाबालक रहेका छन्।
मंगलबार मात्रै अर्जुनधारामा एक महिलाको हत्या भएको थियो । मदिरा सेवनपछि विवाद हुँदा एक महिलाले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment