बिर्तामोडको सडक पेटीमा बनेका करिब २०० घरटहरा भत्किँदै

२०८३ बैशाख ३० गते , बुधबार


झापाको बिर्तामोडमा सडक पेटीमा बनेका करिब दुई सय वटा घरटहरा भत्किने भएको छ । सडकको बीच भागबाट दायाँ बायाँ १५–१५ मिटर सडक क्षेत्रभित्र निर्माण गरिएका घर टहरा भत्किने भएको हो । बिर्तामोड नगरपालिकाले सडक क्षेत्रभित्र परेका संरचना हटाउने अभियान सञ्चालन गरेको छ । त्यस क्रममा हिजो बिर्तामोड ५ को महानन्द चोकदेखि सडक क्षेत्रभित्र परेका घर टहरामा चिन्ह लगाउन सुरु गरिएको थियो ।
आज बिर्तामोड ४ र ३ का घर टहराको नाप जाँच गरिएको थियो । भद्रपुरको सिमाना बिर्तामोड ८ को देउनियाँसम्म सडक क्षेत्रमा परेका संरचनाहरू हटाइने नगरपालिकाले जनाएको छ । आजसम्म बिर्तामोड ५,४ र ३ का संरचनाहरूको नाप जाँच गरिएको र अन्य वडाको बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताए ।
उनले सडक क्षेत्रभित्र परेका संरचनाहरू हटाउन १५ दिनको म्याद दिइएको जानकारी दिए । केही घरधनीहरूले हिजैबाट आफ्‌ना संरचनाहरू हटाउन थालिसकेको उनले बताए । सडक क्षेत्रभित्र धेरै घरहरू परेका छन् । त्यस्तै सडक क्षेत्र मिचेर बनाइएका लाछीहरू भत्किने भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment