देउमाईमा बोलेरो दुर्घटना, चालकसहित ३ जना घाइते

 


इलाम, जेठ २९ – इलामको देउमाई नगरपालिका–८ रत्न चौतारास्थित मंगलबारे–बिर्तामोड भित्री सडक खण्डमा यात्रुवाहक बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित ३ जना घाइते भएका छन्।

आज बिहान करिब ८:३५ बजे मंगलबारेबाट बिर्तामोडतर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी स्थानीयले बिहान ८:४५ बजे प्रहरी चौकी जितपुरलाई गराएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।

दुर्घटनामा घाइते हुनेमा गाडी चालक झापा कमल गाउँपालिका–४ घर भई हाल देउमाई नगरपालिका–४ मंगलबारे बजार बस्दै आएका करिब ३६ वर्षीय उत्तम खड्का, देउमाई–५ क्याबुङकी ६८ वर्षीया कोकिला दवाडी र सोही स्थानका ६० वर्षीय प्रेममणि आचार्य रहेका छन्।

घाइते तीनै जनाको दुवै हातखुट्टा तथा शरीरका विभिन्न भागमा बाहिरी चोट लागेको छ। उनीहरू बोल्न सक्ने अवस्थामा रहेको र उपचारका लागि झापास्थित बिर्ता सिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बोलेरो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको खुलेको छ। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment