चारआलीमा टेलिकमको केबल चोरी गर्दै गरेका दुई जना पक्राउ

AIले बनाएकाे संकेतिक फाेटाे

झापा, मेचीनगर — मेचीनगरको चारआलीमा बिजुलीको पोलबाट नेपाल टेलिकमको केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट नेपाल टेलिकमको केबल चोरी गरिरहेको अवस्थामा मेचीनगर–६ निवासी २३ वर्षीय संगम शेर्पा र मेचीनगर–१५ निवासी २१ वर्षीय मणिराज राजवंशीलाई पक्राउ गरिएको हो।
आइतबार बिहान करिब ४ः३० बजे नेपाल टेलिकमको ३५ मिटर केबल काटेर चोरी गरिरहेको सूचनापछि प्रहरी चौकी चारआलीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट चोरी गरिएको ३५ मिटर नेपाल टेलिकमको केबल, दुई थान ह्याक्सो ब्लेड तथा एक थान तार काट्ने कटर बरामद गरेको छ।
घटनापछि पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। इलाका प्रहरी कार्यालय धुलाबारीले झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment