२०८३ असार ९ गते , मंगलबार
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर जिल्ला आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत्री टोल बस्ने चन्द्रमाया श्रेष्ठको घरमा डेरा लिई बसोबास गर्दै आएका श्रेष्ठ आज बिहान करिब ६ बजे खेतबारीमा आली तास्ने काम गरिरहेका थिए । सोही क्रममा वर्षासँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटना पश्चात् प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि दमक पठाएको प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment