जोर्डन विरुद्ध बेन्चबाट आएर मेसीको गोल, बनाए अर्को कीर्तिमान


डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको खेलमा ६० औं मिनेटमा मैदान छिरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले गोल प्रहार गरेका छन् ।
खेलको ८० औं मिनेटमा मेस्सीले फ्री किकमार्फत गोल प्रहार गरेका हुन् । डी बक्स भन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई ढलाउँदा रेफ्रीले फउल दिएका थिए । त्यसैमा मेस्सीले प्रहार गरेको लामो फ्री किकले जाली चुमेको हो ।
यो जारी विश्वकपमा मेस्सीको छैटौं गोल हो । यसअघि उनले अल्जेरियासँग ह्याट्रिक र अस्ट्रियासँगको खेलमा दुई गोल प्रहार गरेका थिए । यो गोलसँगै मेस्सीको विश्वकपमा रेकर्ड १९ गोल पुगेको छ ।
मेस्सीको यो गोलसँगै जारी खेलमा अर्जेन्टिना ३–१ले अगाडि छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment