२०८३ श्रावण २७ गते , बुधबार
सुर्खेतको भेरीगंगा नगरपालिका १३ रामघाटमा घरयासी विवादका क्रममा श्रीमतीलाई हत्या प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान्लाई नियन्त्रणमा लिएको छ। भेरीगंगा १३ रामघाटकी ५० वर्षीया महेश्वरी रानालाई उनका श्रीमान् ४९ वर्षीय जयबहादुर रानाले बुधबार साँझ घरयासी विवादपछि शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।
घाइते महेश्वरीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत ल्याइएको ल्याइएको थियो। अस्पतालका अनुसार उनको थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ। उनको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा गरी करिब ३५ देखि ३६ प्रतिशत जलेको छ।

0 comments:
Post a Comment