२०८३ श्रावण १७ गते , आईतबार
दमक । प्रहरीले दमकमा अवैध रूपमा भन्सार छलेर ल्याइएको कपडासहित अटो नियन्त्रणमा लिएको छ। अटो चालक भने फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार साँझ करिब ५ ४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणपट्टिको गल्लीबाटोमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले मे १ ह ७४०१ नम्बरको रातो अटो शंकाको आधारमा रोकी जाँच गर्न खोजेको थियो।
प्रहरीले जाँच गर्न खोजेपछि अटो चालक सवारी साधन छाडेर फरार भएका थिए। अटोभित्र लुकाइछिपाई ल्याइएको विभिन्न किसिमका कपडा तथा साडी बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद कपडा तथा साडीको अनुमानित मूल्य रु १ लाख ५० हजार रहेको छ भने अटोको मूल्य रु २ लाख ५० हजार रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको अटो र सामान इलाका प्रहरी कार्यालय दमकमा राखी आवश्यक कारबाहीका लागि भन्सार बुझाइने छ। फरार अटो चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

0 comments:
Post a Comment