दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ

२०८३ भाद्र ९ गते , मंगलबार


झापाको दमकमा नाबालिकालाई यौन धन्दामा लगाएको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका ८ स्थित मनकामना होटल एन्ड लजमा एक १३ वर्षीया नाबालिकालाई ललाइफकाइ यौन धन्दामा लगाएको आरोपमा सोही होटलका सञ्चालक ५५ वर्षीय गणेशप्रसाद अधिकारी र मोरङ केराबारी ९ देवीझोडा घर भई हाल दमक बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिदेव रहेका छन् ।
ती नाबालिका गत साउन ३१ गते घरबाट आफूखुसी हिँडी परिवारको सम्पर्कविहीन भएकी थिइन् । उनको खोजतलासका लागि पीडितका आफन्तले इलाका प्रहरी कार्यालय दमकमा हुलियासहित निवेदन दिएका थिए । बालिकालाई खोजतलास गर्ने क्रममा भदौ ४ गते उनलाई होटलमा फेला पारिएको थियो ।
घटना सम्बन्धमा सोधपुछ गर्दा ती नाबालिकालाई जुनुले ललाईफकाई मनकामना होटल एन्ड लजमा लगी यौन धन्दामा लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  यता पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment