अर्गानिक मल बनाउने मेसिन इलाम भित्रियो

इलाम,  साउनः अर्गानिक मल बनाउने मेसीन इलाम आइपुगको छ । युरोपियन युनियको स्विच एसिया कार्यक्रम अन्र्तगतको वीनरक इन्टरनेशनल मार्फत इलाम नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागी अर्गानिक फोहोर प्रशोधन मेसिन १३० मोडल  प्रदान गरिएको हो । मुम्वइबाट रक्सौल नाका हुदै मेसीन इलाम भित्र्याइएको छ ।  मेसिनले आधा घन्टामा सडने फोहोर पेलेर कम्पोष्ट मल बनाउने इलाम नगरपालिका वातावरण शाखाका कमल मैनालीले बताए । 
मेसिनले पेलेर निस्किएको फोहोरलाई पानी र तापक्रम मिलाएर १५ दिनसम्म राखेपछि प्रयोग योग्य बन्नेछ । युरोपियन युनियनको प्रतिनिधीले केही दिनपछि औपचारिक कार्यक्रमकाविच नगरपालिकालाई मेसिन हस्तान्तरण गरेपछि कम्पोष्ट मल निर्माणको कार्य हुनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता