झापा । परपुरुषसँग लागेको विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । झापाको बाह्रदशी गाउँपालिका-१ निवासी ३३ वर्षीय देवनारायण राजवंशीले आफ्नै श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार बिहान साढे ६ बजेको समयमा देवनारायणले ममसरीको घाँटीमा खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापछि खुकुरीसहित देवनारायणलाई इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुसार राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी बिदा मिलाएर चार दिनअघि मात्र घर आएका थिए ।
श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा घरायसी विवाद क्रममा श्रीमानले खुकुरी प्रहार गरेको बताइएको छ । मृतक ममसरी दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।

0 comments:
Post a Comment