इलामका कलाकार एक्तेन झापामा नाबालिका बलात्कारको आरोपमा पक्राउ

२०८० चैत्र २१ गते , बुधबार


नाबालिका बलात्कारको आरोपमा कलाकार गोपाल एक्तेन पक्राउ परेका छन् । गत चैत १४ बुधवार राति ८ बजे बिर्तामोडको कोहिनूर होटलमा नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाम माई नगरपालिका( ६ बस्ने ४० वर्षीय गोपाल एक्तेन भनिने मेघराज लिम्बू पक्राउ परेका हुन् । उनलाई सोही राति बिर्तामोड( ५ स्थित डेराबाट प्रहरीले पक्राउ गरेको हो ।
पीडितले उजुरी दिएपछि सोही राति नै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएका एक्तेनको बारेमा अनुसन्धान भइरहेको स्रोतको भनाई छ । ठेक्कापट्टा गर्दै आएका एक्तेन नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का सचिव हुन् । 
टाइम्सअफ प्रदेशबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment